२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दरबार हत्याकाण्डको छानबिन गर्ने आँट छ ? भन्दै राप्रपालाई ‘प्रचण्ड’को प्रश्न 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास गइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।

धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलब भत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।

‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलब भत्ता सबै सुविधा लिने, अनि संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईँको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन’, प्रचण्ड’को भनाइ थियो ।

‘प्रचण्ड’ले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनास भएको विषयमा छानबिन गरौँ भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।

उनले भने, ‘दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो रु जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गार्‍हो छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखा अगाडि छन् । प्रमाणित गर्न केही गार्‍हो छैन, जनताले बुझ्नुपर्‍यो फेरि एक पटक जाग्नुपर्‍यो । आन्दोलन गर्छौँ भन्ने राजावादी साथीहरूलाई दरबार हत्याकाण्डको छानबिन गरौँ भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ? तपाईँ बडो राजा चाहिन्छ भन्नेहरूलाई अरूभन्दा शालीन राजा भनेर जनताले माया गर्ने राजाको निर्मम ढंगले हत्या हुँदा त्यसको छानबिन गरौँ भन्ने आँट छ ? अनि के को राजाको कुरा गर्नुहुन्छ ? अहिले तपाईँहरूले भन्ने गरेको राजा राजा होइनन् । नक्कली राजा हुन् । नक्कली राजालाई बोक्नुभएको छ ? रियल राजाका हत्यारालाई छानबिन गरौँ किन भनिरहनुभएको छैन । तपाईँहरू पनि नक्कली कुरा गरिरहनुभएको छ ।’ राजावादीको योजना चैत १५ मै विफल बनाएको भन्दै जेठ १५ देखि अर्को आन्दोलनको दुस्साहस नगर्न चेतावनीसमेत दिए ।

उनले भने, ‘हत्यारा मण्डले गुण्डागर्दी अहिले पनि हत्या, आगजनीमै गए १५ गतेबाट जनतालाई छर्लंगै भयो देखियो । सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । १ लाख काठमाडौंमा उतारेपछि उनीहरूको योजना विफल भयो । जेठ १५ देखि अर्को बेलुनमा हावा भर्ने अरे । खबरदार  त्यो हुनेवाला छैन । जागिसकेको जनतालाई संसारको कुनै शक्तिले रोक्ने छैनन् । त्यो दुस्साहस नगर्न कथित राजावादीलाई चेतावनी दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस