२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बर्तौलाले भने-‘संसद्ले बनाएको सरकारलाई बिचौलियाले बनाएको भन्न मिल्दैन’

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारलाई बिचौलिया, दलाल र माफियाले बनाएको भन्न नमिल्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले विपक्षीले सरकारमाथि अनावश्यक आरोप लगाएको बताए । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति उनको आपत्ति छ ।

‘म आग्रह गर्न चाहन्छु, यो सरकार यो संसद्ले बनाएको हो । संविधान बमोजिम यो सरकार संसद्ले बनायो’, उनले भए । तर, यसलाई विपक्षी दलको नेता प्रचण्डले अनावश्यक आरोप लगाएको उनको भनाइ छ । अगाडि भन्छन्, ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँ ‘प्रचण्ड’ले हरेक पटक बिचौलिया, दलाल, माफियाले बनाएको भन्नुभयो ।’

यस्तो अभिव्यक्ति असंसदीय र अमर्यादित रहेको बर्तौलाले बताए । यो पूर्वाग्रहग्रसित अभिव्यक्ति भएको उनले बताए ।

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै नरहेको उनको भनाइ छ । ११ वटा विषय फोकस गरेको बताए । संविधान कार्यान्वयन, संविधानको रक्षा लगायतका विषय रहेको बताए ।

विगतमा भन्दा छोटो र मिठो रहेको उनले बताए । नीत तथा कार्यक्रममा कमा र फुलिस्टपसमेत नफेरिने भनेर कतिपयले टिप्पणी गरेको भन्दै उनले जवाफ फर्काए, ‘सरकारले कमा र फुलिस्टप समेत चलाउन नपर्ने गरी ल्याएको छ । यस निम्ति सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस