२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती सोनारीका गाउँ टोलमा पशु स्वास्थ्य शिविर

अ+ अ-

 बाँके । राप्ती सोनारी गाउँपालिकाले पशु स्वास्थ्य उपचारका लागि वडा स्तरमा नि:शुल्क शिविर सञ्चालन गरेको छ ।

किसानलाई सुविधाका लागि वडा स्तरमै पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताइन्। वडा नं ६ फत्तेपुरको विभिन्न आठ टोलमा हाल नि:शुल्क शिविर सञ्चालन भएका छन् ।

उनले राप्ती सोनारी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पनि पशु शिविर कार्यक्रमको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

पशु स्वास्थ्य शिविरमा वडामा रहेका सबै किसिमका पशुको स्वास्थ्य उपचार गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु. पाँच लाख बजेटबाट वडामा नि:शुल्क पशु शिविर सञ्चालन गरिएको राप्ती सोनारी–६ का वडाध्यक्ष लबराज खरेलले जानकारी दिए।

उनका अनुसार रु. पाँच लाखमध्ये यसअघि रु. एक लाखको बर्सिम घाँसको बीउ वितरण गरिएको र बाँकी बजेटबाट वडामा रहेका २३ वटै टोललाई समेट्ने गरी शिविर सञ्चालन गरिएको हो । यो शिविर पशु प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती सोनारी-६ को आठ स्थानमा सञ्चालन गरिने छ ।  

शिविरमा जोरैया र मोहनपुर टोलका १५१ घरधुरीले आफ्ना पशुको स्वास्थ्य परीक्षण गराएको राप्ती सोनारी गाउँपालिका पशु शाखाका प्रमुख जयबहादुर कार्कीले जानकारी दिए ।

शिविरमा स्थानीयले गाई भैँसी, भेडा, बाख्रा, कुखुरा, हाँस, कुकुर, बिरालोलगायत पशुको स्वास्थ्य जाँच गरी औषधि नि:शुल्क वितरण गरिएको थियो ।

शिविरमा गाउँपालिकाको पशु प्राविधिक र वडाका पशु प्राविधिकलगायत पशु शाखाका कर्मचारीहरू खटिएका थिए । पशुमा आन्तरिक र बाह्य परजीवी पत्ता लगाएर भिटामिन, मिनरल र जुकाको औषधि नि:शुल्क वितरण गरिएको गाउँपालिका शाखा प्रमुख कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस