उदयपुर । पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । आज शनिवार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका-३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।
प्रदेश २-०१-००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यहाँको त्रियुगा नगरपालिका-८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।
दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका-६ का ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी घाइते भएका छन् ।