२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भारत-पाकिस्तान युद्धबारे साझा अभिमत जारी गर्नुपर्छ’-विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भारत-पाकिस्तान युद्धबाट नेपालमा पर्न सक्ने असरबारे सरकार, सरकारमा रहेका दल, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी दल, नेपाली मिडिया एक ढिक्का उभिन जरुरी रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री र सबै दलका सभापति र अध्यक्षलाई ध्यानाकर्षण गराउँदै जारी भारत पाकिस्तान युद्धका असर नेपालमा कहाँ र कसरी पर्न सक्छ भन्नेबारे गम्भीर राष्ट्रिय विमर्श गर्नुपर्ने बताएका छन् ।

भारत(पाकिस्तान युद्धबारे ५ बुँदामा आफ्नो विचार सार्वजनिक गर्दै उनले भारत र पाकिस्तानमा अध्ययन, श्रम र व्यवसायमा रहेका नेपालीमाथि विकसित घटनाबाट के प्रभाव पर्छ भन्नेबारे सतर्क हुनुपर्ने भन्दै जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क स्थापित गर्दै काठमाडौँ, दिल्ली र इस्लामवादमा सरकारले रेस्क्यु डेस्क निर्माण गर्नुपर्ने र जोखिम क्षेत्रबाट घर फर्कन चाहनेलाई आवश्यक सहजीकरण गर्नुपर्ने बताएका छन् ।

महामन्त्री शर्माले भारत(पाकिस्तान युद्धबारे प्रधानमन्त्रीले अविलम्ब सर्वदलीय छलफल बोलाएर साझा राष्ट्रिय अभिमत जारी गर्नुपर्ने देखि विपक्षी दलहरूसमेत विषयगत संवेदनशीलता र दृष्टिगत गरेर सरकारको साथमा उभिनुपर्ने बताएका छन् ।

उनले आतंकवाद नियन्त्रण र युद्धको चाँडो समाप्तिका लागि सार्क अध्यक्षका रूपमा नेपालले क्रियाशीलता देखाउनुपर्ने र भारत-पाकिस्तान युद्ध लम्बियो भने नेपालमा पर्न सक्ने बहु आयामिक असरबारे संघीय, प्रदेश र स्थानीय सरकारहरूले तयारी गर्नुपर्ने विचार अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस