२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नीति तथा कार्यक्रम उत्कृष्ट छ’-सांसद तिमिल्सिना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले राष्ट्र निर्माणको सवालमा नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै समर्थन गरेका छन् । 

प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भने, “नीति तथा कार्यक्रममा धेरै राम्रा विषय आएका छन्, यद्यपि सरकारले शिक्षामा लगानी बढी गर्नुपर्छ ।”

शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थीको संख्याको आधारमा दरबन्दी सिर्जना गर्नुपर्ने सांसद मितिल्सिनाको भनाइ छ । उनले कर्णाली, मधेस र सुदूरपश्चिमलगायत दुर्गम जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माणको निम्ति सरकारले बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

उनले भने, “धेरै मानिस बिरामीको कारणले सुकुम्वासी हुन बाध्य भएका छन, मिर्गौला, मुटुलगायतका गम्भीर प्रकृतिका रोगलाई सरकारले नि:शुल्क गर्नुपर्छ ।”

सांसद तिमिल्सिनाले रौतहटमा सुविधा सम्पन्न अस्पताल स्थापनाका लागि पटक पटक सरकारसँग माग गर्दा पनि माग सम्बोधन नभएको गुनासो गरे । उनले भने, “हामी बिरामी हुँदा राख्नबाट सुविधा लिने, गरिबीका रेखामुनि रहेका मानिस बिरामी हुँदा सरकारले बेवास्ता गर्नुहुँदैन, अहिले पनि मिर्गौला कयौँ बिरामीले उपचारमा भएको सम्पत्ति सबै सकेर डाइलासिस गर्न नपाएर मरिरहेको अवस्था छ, त्यसैले सरकारले आगामी बजेटमा स्वास्थ्यको निम्ति प्रयाप्त बजेटको व्यवस्था गर्न जरुरी छ ।”

सांसद मिमिल्सिनाले मधेस प्रदेश कृषिमा सम्भावना भएको प्रदेश हुँदाहुँदै पनि समयमा मलखद, बीउ, सिँचाइको उचित व्यवस्था नभएका कारण किसान बर्सेनि मर्कामा पर्ने गरेको बताए । उनले भने, “मधेस प्रदेशमा बागमती सिँचाइ आयोजना छ, त्यहाँको भूमि उर्बरा भूमि हो, तर यो आयोजनाको लागि अत्यन्त बजेटको व्यवस्था गरिएको छ, यदि  युवा पलायनलाई रोक्ने हो भने सरकारले कृषिमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस