काठमाडौँ । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ।
विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थलले जनाएको छ ।
नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो।
रेसुंगादेखि काठमाडौँ ७ हजार ८० रुपैयाँ र काठमाडौँदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन। हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा कतै उत्साह छाएको छ त कतै नियमित हुने हैन कि भन्ने आशंका समेत बढेको छ।
निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ स्१० बजे काठमाडौँबाट रेसुंगा र बिहान साढे ७ स्१५ बजे रेसुंगाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ।
हवाई सेवा वृद्ध, बिरामी, सुत्केरीलगायत नागरिकका लागि सहज बन्दै गएको छ। साथै, हवाई पहुँचसँगै गुल्मीका रेसुंगा, रुरुक्षेत्र, धुर्कोट गुफा, टिमुरे ताल, र मालिका पिस पार्क लगायत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको आगमन पनि बढेको छ।
हप्तामा ३ बार उडान हुने भएसँगै गुल्मीवासीलाई यात्रा थप सहजता मिल्ने अपेक्षा समेत गरिएको छ।