२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति-कार्यक्रममाथि असन्तुष्टि जनाउँदै रोस्ट्रममा गएर बसे मौन एमाले सांसद 

अ+ अ-

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् ।

शुक्रबार उनको नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको स्मरण गरे ।

त्यसमाथि संसद्‌मा प्रतिक्रिया दिने क्रम चलिरहेको बताए ।

आफू पनि रोस्ट्रममा नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिन उपस्थित भएको बताए । त्यसपछि मौन रहे ।

उनलाई ५ मिनेटको समय दिइएको थियो । समय सकिन लागेपछि ‘सभामुख महोदय समयका लागि धन्यवाद’ भनेर बिदा भए ।

विश्वकर्मा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् ।

विश्वकर्मा माओवादी पृष्ठभूमिका नेता हुन् । उनी माओवादीबाट दलित मुक्ति मोर्चाका कर्णाली प्रदेश इन्चार्जसमेत बनेका थिए । २३ फागुन २०७७ मा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग गरिदिएपछि विश्वकर्मा एमाले प्रवेश गरेका हुन् ।

४ मंसिर २०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार थिए । यही निर्वाचन प्रणाली अन्तर्गत उनी निर्वाचित भएका हुन् ।

सांसद विश्वकर्माले विगतका वर्षहरूमा भने सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि भाग लिने गरेका थिए । उनी सांसदको सुझाव कार्यान्वयन कम हुने गरेको भनेर असन्तुष्टि जनाउने गर्दथे ।

अघिल्लो वर्ष २९ जेठ २०८१ मा उनी प्रतिनिधि सभाको बैठकमा बोलेका थिए । त्यसबेला उनले संविधान कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताएका थिए ।

‘जुन प्रकारले संविधानमा व्यवस्था भएको छ । आज संविधान निर्माण भएको दश वर्ष भइसकेको छ । संविधानमा उत्पीडित जाति, क्षेत्र, लिंग, वर्गको भावनालाई कार्यान्वयन गर्नका लागि हामीले धेरै आनाकानी गरिरेका छौँ’ उनले तत्कालीन सरकारलाई भनेका थिए ।

संविधानको मर्म अनुसारको व्यवहार नहुँदा चित्त दुख्ने गरेको उनले सुनाएका थिए । बिस्तारै प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा संविधान कार्यान्वयन गर्ने विषय र समाजवाद उन्मुख नीति कम हुँदै हुँदै आएको अनुभूत आफूलाई भएको बताएका थिए ।

पछाडि पारिएका समुदायको सही सही सम्बोधन बिना समाजवादमा पुग्न नसकिने उनको भनाइ रहँदै आएको छ । उनका अनुसार पछाडि पारिएका समुदायको उत्थानका निम्ति शिक्षामा समानता आवश्यक छ । तर, गणतान्त्रिक सरकारहरूले शिक्षामा असमानता कायमै राख्ने नीति लिँदै आएको उनको टिप्पणी रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस