काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्वेतपत्र जारी भइसकेको भन्दै पार्टीका सांसदहरूले पनि लागेको कुरा बोलेको बताएका हुन् ।
सरकारले संसदीय समिति बनाएर छानबिन गरे अझै राम्रो हुने उनको तर्क छ ।
उनले भने, ‘उहाँहरू अधिकार सम्पन्न हुनुहुन्छ, संसद अधिकार सम्पन्न छ। छानबिन गरिदियो भने अझै राम्रो हुन्छ ।’
उनले नेपाल लोडसेडिङको बाटोमा नरहेको दाबी गरेका छन्।
प्राधिकरण घाटाबारे उनले भने, ‘श्वेतपत्र राम्ररी अध्ययन गरिदिनु न, जे यथार्थ हो त्यो ल्याइदिएको छ। त्यो राम्ररी अध्ययन गरिदिनुभयो भने सबैलाई प्रष्ट हुन्छ।’