२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’

अ+ अ-

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बैंकरहरूको लुटको मनोमानीले आज बैंकरहरू अस्तव्यस्त भएको छ,’ उनले भने, ‘एकातिर आम जनताले कर्जा पाइरहेको छैन र अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ ।’

तरलता प्रशोधनको नाममा राष्ट्रबैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको उनको भनाइ छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसाबाट बैंकलाई ब्याज दिनुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सरकारले गभर्नर समेत नियुक्त गर्न नसकेकोमा उनले खबरदारी गरे । सत्तारुढ पार्टीहरूको आन्तरिक द्वन्द्वका कारण गभर्नर नियुक्त हुन नसकेको भनेर टिप्पणी भइराखेको पनि उनले स्मरण गराए । यस्तो परिस्थितिले देशको अर्थतन्त्रलाई असर गर्ने उनको भनाइ छ ।

अर्थतन्त्र सुधार गर्न बैंकिङ अवस्थामा समेत सुधार आउन आवश्यक रहेको बताएका सांसद साहले बैंकरहरूले विदेशमा पैसा लाने गरेको आरोपसमेत लगाए ।

ब्याज र सेवा शुल्कका नाममा बैंकले आफूखुसी निर्णय लिने गरेको बताए । एउटा बैंकको वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्दा झण्डै १२ रुपैयाँ लाग्ने गरेको भन्दै उनले यस्तो कार्य बन्द गरिनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस