२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने ‘समृद्धिको जिम्मेवारी युवाको काँधमा’ 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १०औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।  

एमालेले पार्टीका सबै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाइरहेको उल्लेख गर्दै महासचिव पोखरेलले यसबाट नयाँ चिन्तन भएका युवापुस्ताको विकास हुने विश्वास व्यक्त गरे । कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवावर्गको आकर्षण बढाउनुपर्नेमा उनको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भने, “देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।”

मुलुकको समग्र विकासका पक्षमा उभिएका कारण अहिले एमालेमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै उनले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि बढेका बताए । 

प्रतिक्रिया दिनुहोस