२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरण घाटामा रहेको भन्दै जारी गरिएको श्वेतपत्रप्रति आपत्ति जनाउदै कांग्रेस माग्यो मन्त्रीको जवाफ

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा देखिएको असन्तुष्टि चिर्न असफल भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले केही नयाँ कुरा दिन नसकेको बताए।

उनले मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले गर्दा सिकिस्त बिरामी रहेको बताए। उनले दुई तिहाइको सरकारले दश महिनाभित्र पूँजीगत खर्च एक तिहाइ पनि गर्न नसकेको भन्दै आलोचना गरे।

नेपाल विद्युत् प्राधिकरण घाटामा रहेको श्वेतपत्रबाट आफू भ्रममा परेको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भाग लिँदै उनले यसबारेमा ऊर्जामन्त्रीले सदनलाई जानकारी दिनुपर्ने नभए संसदले छानबिन गर्नुपर्ने बताए ।

उनले नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब घाटामा भएको श्वेतपत्र जारी गरेर जनतालाई भ्रममा पारेको आरोप लगाए।

उनले भने, ‘सर्वसाधारण जनताको कुरा छाडिदिऊँ म अलिकति क ख ग घ पढेकै एमपीमध्ये पर्छु म पनि भ्रममा छु। आम रूपमा नेपाली जनता भ्रममा छन्, यो के हो ? एक महिनाअगाडि नाफै नाफामा हुने अभिव्यक्ति सार्वजनिक रूपमा आउने १ महिनापछि ५ अर्ब घाटाको कुरा आएको छ। यो कुराको वास्तविकता मन्त्रीजीले सदनमा बताउनुपर्‍यो अथवा यही संसदले वास्तविकता छानबिन गर्नुपर्ने आवश्यकता देखेको छु।’

प्रतिक्रिया दिनुहोस