२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदामबाट भेप चोरी भएपछि कार्यालय प्रमुखको सरुवा, मेचीमा पनि फेरबदल

अ+ अ-

काठमाडौँ । तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा शनिबार विद्युतीय चुरोट (भेप) चोरीको घटनापछि कार्यालय प्रमुख कमल भट्टराईको सरुवा गरिएको छ।

अर्थ मन्त्रालयले भट्टराईलाई भन्सार विभागमा तानेर उनको स्थानमा मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुँडाललाई खटाएको छ। साथै, मेची भन्सारमा हरिहर पौडेललाई पठाइएको स्रोतले प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई जानकारी दिएको छ। अर्थ मन्त्रालयका अनुसार, घटना भएको दिन कार्यालय प्रमुख त्यहाँ उपस्थित नभए पनि समन्वयमा केही कमजोरी भएको ठहर गर्दै उनको सरुवा गरिएको हो।

शनिबार भन्सारको गोदामबाट ३६ कार्टुन भेप चोरी भएको थियो। मङ्गलबार बेलुका शङ्कास्पद चार जनालाई नियन्त्रणमा लिइएको छ। पुरै शरीर ढाक्ने गाउन लगाएर गोदाममा प्रवेश गरेका ती व्यक्तिहरूलाई सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो।

प्रशासन तातोपानी स्रोतका अनुसार, राति २ देखि ३ बजेको बीचमा सीसीटीभीको तार काटिएको थियो। भोलिपल्ट हेर्दा एउटा क्यामेराको स्क्रिन नदेखिएपछि सोधखोज गर्दा भेप चोरी भएको पत्ता लागेको थियो।

केही समयअघि सिल्क ट्रान्सपोर्टको कन्टेनर जाँचका क्रममा ९८० कार्टुन भेप फेला परेको थियो। त्यसअघि पनि १५-२० दिन पहिले सोही परिमाणको भेप कार्यालय प्रमुख भट्टराईले नै पक्राउ गरेका थिए। उनी स्वयं खराब कर्मचारी नभएको र यो घटनामा उनको संलग्नता नदेखिएकाले रेस्क्यू गर्नुपर्ने अवस्था आएर सरुवा गरिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

चोरी भएको ३६ कार्टुन भेपमा ७,२०० पीस हुन्छ, जसको प्रतिगोटा मूल्य ८ डलर पर्छ। भन्सार शुल्कसहित हिसाब गर्दा यसको कुल मूल्य १ करोड ७१ लाख रुपैयाँ बराबर हुन्छ।

पछिल्लो समय भन्सार छलीका विभिन्न रूपहरू सुनिँदै आएका छन्। कतै लाइनमै त कतै माथिल्लो निकाय वा अधिकारीहरूको ‘ग्रीन सिग्नल’मा सम्बद्ध कर्मचारीहरूबाटै राजस्व छल्ने कार्य भइरहेको बाहिरिएको छ। समन्वयकारी निकायहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण पनि देशले उठाउनुपर्ने राजस्व सङ्कलन हुन सकेको छैन। 

यस्ता अड्डाहरूलाई ‘कमाउ अड्डा’ का रूपमा लिइएका कारण पनि सुधारको अवस्था सन्तोषजनक देखिँदैन।

प्रतिक्रिया दिनुहोस