काठमाडौँ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय पर्वतमा भएको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीले माग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने वा पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा आज झडप भएको थिए ।
झडपमा परी एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल घाइते भएका थिए ।
सोही विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले सांघातिक रूपमा आक्रमण गर्ने जो कोही भए पनि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नगर्न प्रदेश कमिटीले अपिल गरेको छ ।
