काठमाडौँ । आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले मल नदिएर सरकारले किसानमाथि अन्याय गरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाली लगाउने बेला किसानले मल पाइरहेको छैन ।’
मल पाउँदा पनि सरकारले दिने पसलमा नभएर अन्यत्रै महँगोमा मात्रै पाउने अवस्था रहेको बताए ।
‘मल पाए पनि दुई गुण तीन गुण बढीमा पाइरहेका छन् । त्यो सरकारले दिने ठाउँमा नभएर अन्यत्रै,’ उनले भने, ‘सरकारले मल नदिएर किसानमाथि अन्याय गरिरहेको छ ।’
किसानलाई लुटेर महल जोड्ने काम भइराखेको भन्दै उनले यस्तो कार्य रोकिनुपर्ने माग गरे । पहाडमा मकै छर्ने बेला रहेको उल्लेख गर्दै उनले डीएपी मल नपाउने अवस्था रहेको बताए ।