काठमाडौँ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मंगलबार उच्च स्रोतले जनाएको छ ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत ७१ वर्षीय नेपालको केही समयअघि निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो । उनी लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए ।