२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रञ्जिता चौधरीको दाबी-‘रेशम चौधरीको पक्राउले लोकतन्त्रप्रतिको विश्वासमा चोट लाग्यो’

अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीको पक्राउले लोकतन्त्र प्रतिको विश्वासमा चोट लाग्न पुगेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एक जना कर्मचारीको कमजोरीका कारणले कसैले दुःख पाउने विषय कम विश्वसनीयता रहेको बताए ।

‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन । संघीयता, समावेशिता र लोकतन्त्र प्रतिको विश्वासमा चोट लागेको छ’, उनले भनिन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

तर, सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रेशम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए ।

आफूहरू सत्तापक्षमै रहेको उल्लेख गर्दै उनले जो जहाँ भए पनि प्रश्न गर्न पाउनु नै लोकतन्त्र रहेको बताए । प्रश्न गरेकै आधारमा नभएर तथ्यका आधारमा व्यवहार हुनुपर्ने उनको आग्रह छ ।

नाउपा अध्यक्ष श्रेष्ठले रेशम चौधरी पक्राउको विषयमा सार्वजनिक रूपमै जवाफ दिन समेत सरकारसँग माग गरेकी छन् । ‘वैशाख १७ गतेको घटनाको निष्पक्ष छानबिन होस् । सरकारले जवाफ देओस्’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस