२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीता जयन्तीमा सार्वजनिक बिदा दिन माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा हुनुपर्ने बताएका छन् ।

सांसद झाका अनुसार जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक नंदिनी यो सबै एकै जनाको नाम हो जानकीको ।

नेपाललाई विभिन्न ठाउँमा सगरमाथाको देश, बुद्धको देश भनेर चिनाउँदै गर्दा नेपाल जानकीको पनि देश हो, जनकीको जन्मभूमि हो भन्ने ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘आज जानकी जयन्तीको दिन बिदा दिन पनि छुटायौँ’ मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘खै कता जन्मिएको राम नवमीमा हामी बिदा दिइरहन्छौँ तर, आफ्नै भूमिमा जन्मिएका जानकीको जन्मदिनमा वा जानकी जयन्तीमा चाहिँ हामी बिदा दिँदैनौँ ।’

विगत दश वर्षको दौरानमा दुई वर्ष जानकी जयन्तीमा सार्वजनिक बिदा दिएको पाइएको तर, पछिल्ला वर्षमा हटाइएको उनले बताए ।

कुनै दिन छिमेकीले जानकी पनि आफ्नै देशमा जन्मिएको भन्न सक्ने उनले बताए । यसकारण पनि नेपालले जानकी जयन्तीमा सार्वजनिक बिदा दिएर नेपालले यसलाई ख्याल गरिराख्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस