काठमाडौँ । घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए । इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रहरीको भनाई छ ।
छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणका गरेका हुन् ।