काठमाडौँ । चालु आर्थिक वर्ष २०८१-८२ को साढे ९ महिनासम्ममा २ लाख ८१ हजार टन रासायनिक मल आयात भएको छ ।
सरकारले कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी मार्फत मल खरिद गर्दै आएको छ । चालु आव वैशाख तेस्रो सातासम्म २ लाख ८१ हजार २ सय ८२ टन मल आयात भएको हो ।
कृषि सामग्री र साल्ट ट्रेडिङले युरिया मल १ लाख ७४ हजार ४ सय ७४ टन आपूर्ति गरेका छन् । यस्तै दुवै कम्पनी गरी डीएपी ९१ हजार ५ सय ४२ टन र पोटास १५ हजार २ सय ६५ टन आएको हो ।
युरिया, डीएपी र पोटास गरी कृषि सामग्रीले २ लाख ४४ हजार ३ सय ७३ टन र साल्ट टे«डिङले ३६ हजार ९ सय ८ टन ल्याएका छन् ।
अहिले सरकारसँग गत आवको मौज्दात समेत गरी ८० हजार ७ सय ८० टन मल छ । कृषि सामाग्रीसँग ७० हजार १ सय २ टन र साल्ट ट्रेडिङसँग १० हजार ६ सय ७७ टन मौज्दात छ । दुवै कम्पनीसँग गरी युरिया १८ हजार १ सय ९० टन, डीएपी ५० हजार ८ सय ९१ टन र पोटास ११ हजार ६ सय ९८ टन मौज्दात छ ।