काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताबारे संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक केहीबेर अघि सुरु भएको हो ।
आजको बैठकमा लेदा समितिको २३ औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।
त्यस्तै, बैठकमा उजुरी तथा बेरुजु छलफलको प्रगतिबारे पनि छलफल हुने बताइएको छ ।