काठमाडौँ। कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा ४६ वटा परियोजनामा लगानी गर्ने गरिएको सम्झौतामा हस्ताक्षर भएको छ ।
कोशी प्रदेश सरकारले हिजोबाट शुरु गरेको कोशी प्रदेश लगानी सम्मेलनको समापनमा ती परियोजनामा लगानीकर्ताहरूले हस्ताक्षर गरेका हुन् ।
लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १९ करोड रुपैयाँ बराबरका योजना अगाडि बढाउन सम्झौता भएको कोशी प्रदेश लगानी प्राधिकरणले जनाएको छ ।


