काठमाडौँ। डिजिटल बैंक स्थापना गरिने भएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
आगामी आवको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ ।’
त्यस्तै, बैंक तथा वित्तीय संस्थाको गैर बैंकीङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने भएको छ ।
सूचना प्रविधि र पूर्वाधारको विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगद रहित वित्तीय कारोबार अभिवृद्धि गरिने आगामी आवको नीति तथा कार्यक्रममा समेटिएको छ ।