काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले स्टार्टप कार्यक्रमका लागि जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका हुन्।
उनले अराजकता फैलाउनेविरुद्ध सरकार दृढ रहेको र गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने बताए।
त्यस्तै राष्ट्रपति पौडेलले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने बताए। त्यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याउने उनको भनाइ छ।