काठमाडौँ। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।
बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधीन विधेयक, सरकारको काम/कारबाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।