काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो ।
बिहीबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।