काठमाडौँ । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।
यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।