काठमाडौँ । भारतबाट थप ६ सय मेगावाट विद्युत् आउन थालेको छ ।
हिजोबाट भारतबाट थप ६ सय मेगावाट विद्युत् आयात हुन थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । केही दिन पहिला भारतमा नै विद्युत् अभाव भएको भनेर नेपालले आयात गर्न खोज्दा पाएको थिएन ।
नेपाल विद्युत् प्राधिकरणले भारतबाट थाप विद्युत् ६ सय मेगावाट विद्युत् नेपालमा आयात हुन थालेको बताएको छ ।
भारतबाट बिहान २ बजेदेखि ५ बजेसम्म थप ६ सय मेगावाट लाइन आएपछि त्यो समयमा उद्योग सञ्चालन र्न विद्युत्को समस्या नहुने प्राधिकरणको भनाई छ ।