१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका ३५ अधिकृतले गरे नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन

अ+ अ-

काठमाडौँ । हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । बुधबार उनीहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालयमा अवलोकन गरेका हुन् ।

अवलोकन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गरे ।

अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै प्रहरी महानिरीक्षक थापाले दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आगामी दिनमा समेत अझ प्रभावकारी रूपमा एक आपसमा सहयोग र समन्वय हुने चर्चा गरे ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भ्रमण कार्यक्रम सम्बन्धी जानकारी गराएका थिए ।

साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकास क्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गरे । उक्त कार्यक्रममा तालिमरत अधिकृतहरूको तर्फबाट महासेनानी विष्णु थापाले धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस