काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सकिएर मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
बुधबार अपरान्हदेखि सुरु भएको वार्ता साँझ सकिएर वार्तामा भएका सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
तर वार्तामा के-के विषयमा सहमति भयो भन्ने विषय खुलाइएको छैन।