१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको  लगानी सम्मेलनको तयारी पूरा भएको छ । 

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले लगानी सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते गर्न लागेको लगानी सम्मेलनमा  एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने भएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगायतका क्षेत्रहरू छन् । लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा भने सम्झौता (एमओयु) नै हुने  जनाइएको छ । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइराला लगानी सम्मेलनकै क्रममा २४ वटा भन्दा बढी परियोजनामा एमओयु नै गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैर आवासीय नेपालीहरूको सहभागिता हुने कोइरालाले बताए । कोइरालाले भने ‘लगानी सम्मेलनमा निजी क्षेत्र, गैर आवासीय नेपालीहरू र विदेशी लगानीकर्ताहरूसमेत सहभागी हुने छन्।’ लगानी सम्मेलनलाई मध्यनजर गरी कोशी प्रदेश सरकारले विभिन्न आठ वटा ऐन पनि संशोधन गरेको छ । 

मंगलबार अध्यादेश जारी गरी संशोधन गरेका ऐनहरूमा सार्वजनिक साझेदारी ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात  व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६ रहेको छ । यस्तै  प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेका छन् ।

लगानी सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयकमा छलफल हुने जनाइएको छ । साथै, पहिलो दिनको मुख्य सत्रका रूपमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरूबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरू र जनप्रतिनिधिहरूबाट धारणा प्रस्तुत हुने कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस