१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाख ३१ गते छुट खोप लगाउन मन्त्री पौडेलको आग्रह

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते छुट खोप लगाउन आग्रह गरेका छन् ।

मन्त्री पौडेलले भिडियो सन्देश जारी गर्दै नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ३१ गते नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन अभिभावकलाई अनुरोध गरेका हुन् ।

हरेक वर्ष वैशाख महिनाको दोस्रो हप्ता (अप्रिल महिनाको अन्तिम हप्तालाई) विश्वभर खोप सप्ताहको रूपमा मनाइन्छ । तर नेपालमा वैशाख महिनालाई नै खोप महिनाको रूपमा मनाउने गरिन्छ । खोप महिनालाई सफल बनाउन तथा आवश्यक सहजीकरण गरिदिनु हुन सबै प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी र अन्य सरोकारवालाहरू मन्त्री पौडेलको अनुरोध छ ।

बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्णमात्रा पाएको सुनिश्चित गरी सबै जिल्लालाई पूर्णखोप घोषणा गर्न प्रयासरत रहेको उनको भनाइ छ ।

नियमित खोप कार्यक्रममार्फत खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिका छन् कि छैनन् भनेर गाउँ टोलमा गएर सोध खोज गर्ने र छुट भएका बालबालिकालाई खोप लगाउने व्यवस्था गरेको उनले बताए ।

खोप कार्यक्रम सञ्चालन गरी पूर्णखोप सुनिश्चित गर्न यस वर्षको वैशाख महिनामा थप कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए ।

सरकारले बालबालिकाका लागि १३ प्रकारका रोगविरुद्धको खोप, गर्भवती महिलाका लागि दुई वटा रोगविरुद्धको खोप र किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नि:शुल्क प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस