काठमाडौँ। सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरवारमा पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।
शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।
शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौँमा जारी छ ।