काठमाडौँ। नेपालगन्ज भन्सार कार्यालयले राजस्व संकलनको निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि जमुनाहा नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ ।
घरायसी उपयोगका नाममा ठुलो परिमाणमा मुख्य नाकाबाटै भएर भारतबाट मालसामान भित्रिन थालेपछि भन्सारको राजश्व संकलन र नेपाल तर्फको व्यापार व्यवसायमा असर पुगेकोले सो रोक्न जमुनाहाको भन्सार यात्रु शाखामा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले भारतबाट मालसामान क्यारिंङ गर्नेहरूले घरायसी प्रयोगको नाममा राजस्व छलेर दिनभरि सामान ओसारेर नेपालगन्जमा बिक्री गर्ने गरिएको गुनासो आएपछि नाकामा कडाइ गरिएको बताएको छ ।
भन्सार नाकामा कडाइ गरिएपछि केही हदसम्म सीमापारिबाट राजस्व छलेर भित्र्याइने कार्यमा कमी आएको कार्यालयको भनाई छ ।