काठमाडौँ । शाखा अधिकृतले गैर कानुनी सम्पत्ति आर्जन गरेको मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरमा कार्यरत शाखा अधिकृत मिन बहादुर भट्टराईले गैर कानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
