बागमती । मकवानपुरको बागमती गाउँपालिका-३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । स्थानीय सूर्य किरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका-९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको बताए ।