काठमाडौँ । विदुर नगरपालिका-४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वर्कशपमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बट्टारस्थित बसपार्क नजिक दिनेश मेकानिकल वर्कशपमा रौतहट चपुर घर भएका ३५ वर्षीय भुवन गौतमको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार वर्कशपमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।