१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच भन्सार बिन्दुबाट ९३ प्रतिशत निर्यात

अ+ अ-

काठमाडौँ। नेपालका पाँच भन्सार बिन्दुबाट ९३ प्रतिशतभन्दा माथि निर्यात हुने गरेको देखिएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन-चैत) अवधिमा कुल १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ ।

प्रमुख पाँच भन्सारबाट वस्तु अधिक निर्यात हुने गरेको छ । वीरगञ्ज भन्सारबाट ६५ अर्ब ५१ करोड बराबर वस्तु निर्यात भएको छ । जुन कुल निर्यातको ३४.८१ प्रतिशत हो । विराटनगर भन्सारबाट ४८ अर्ब ४२ करोड ४५ लाख बराबर वस्तु निर्यात भएको देखिएको छ । जुन २५.७३ प्रतिशत हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बिन्दुबाट २६ अर्ब ८२ करोड बराबर वस्तु निर्यात भएको छ । यो १४.२५ प्रतिशत हो । त्यस्तै मेची भन्सार बिन्दुबाट १९ अर्ब ५५ करोड बराबरको वस्तु निर्यात भएको छ । जुन १०.३९ प्रतिशत हो ।

यस्तै भैरहवा भन्सार बिन्दुबाट १४ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ । जुन ७.५६ प्रतिशत भएको भन्सार विभागले जनाएको छ ।

नेपालका २८ भन्सार बिन्दुबाट यस वर्ष अन्तर्राष्ट्रिय व्यापार भएको देखिएको छ । यसमध्ये १० भन्सार बिन्दुबाट कुनै पनि वस्तु निर्यात नभएको तथ्यांकले देखाएको छ ।

शून्य निर्यात हुनेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत छ । पोखरा अन्तर्राष्ट्रिय भन्सार बिन्दुबाट भने यस वर्ष कुनै आयातरनिर्यात भएको छैन ।

चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीका भन्सार बिन्दुबाट समेत तुलनात्मक रूपमा निर्यात उत्साहजनक देखिँदैन । विभागको तथ्यांक अनुसार तातोपानीबाट शून्य निर्यात र रसुवागढीबाट १ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ०.९७ प्रतिशत हाराहारी हुन्छ ।

प्रतिक्रिया दिनुहोस