काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
नवीन समझदारीको माग गर्दै ज्ञापन पत्र बुझाउनु अघि धर्ना पनि दिएको थियो ।
ज्ञापन पत्र र धर्नाअघि जिल्ला सदरमुकामहरूमा प्रदर्शनहरूसमेत भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित बन्दी बनाइएकाहरूलाई बिना शर्त रिहाइ हुनुपर्ने राप्रपाको माग छ ।
यस्तै, देशलाई नवीन समझदारीको दिशामा लैजानुपर्ने लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध विषयलाई लिएर राप्रपा आज देशैभर सडकमा ओर्लिएको उनले बताए । उनले सशक्त आन्दोलनको बलियो आधार तयार पार्दै गइरहेको बताएका छन् ।