१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजाले अघि सारेको ‘पृथ्वीपथ’ ‘प्रचण्ड’द्वारा अस्वीकार

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रद्वारा अघि सारिएको ‘पृथ्वीपथ’ को अवधारणालाई खारेज गरिदिएका छन् ।

केही मान्छेले असम्भव कुरा गरेर हिँडिरहेको भन्दै उनले यो उनीहरूकै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी पनि दिए ।

आज माओवादी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पुगेका ‘प्रचण्ड’लाई पत्रकारले नयाँ प्रसंग कोट्याएका थिए ।

एक पत्रकारले सोधे, ‘हामीले माक्र्सपथ, लेनिनपथ, माओपथको धेरै कुरा गर्‍यौँ, अब पृथ्वीपथमा जाउँ भनेर एउटा पक्षबाट कुरा आएको छ । यसमा तपाईँ के भन्नुहुन्छ ?’

‘प्रचण्ड’ले जवाफ दिए, ‘यस्तो असम्भव कुरा केही मान्छेले बोकेर हिँडेका छन् । यो उहाँहरूको लागि नै दुर्भाग्यपूर्ण हुन्छ । यस्तो उल्टोबाटो हिँड्ने कुरा नगर्दा हुन्छ ।’

उनले थपे, ‘इतिहास धेरै अगाडि बढिसक्यो । लेनिनबाट अगाडि बढेर कहाँ पुगिसक्यो । त्यसो भएको हुनाले अगाडिपट्टि हेर्नुपर्‍यो, पछाडि फर्किनुभएन ।’

त्यसो भए पृथ्वीपथ मान्नुहुन्न भन्ने अर्को प्रश्नमा प्रचण्डले तर्किँदै भने, ‘पथ भन्ने कहिल्यै भएकै छैन त कसरी मान्ने ?’

पूर्वराजा ज्ञानेन्द्र शाहले हालै नयाँ वर्षको सन्देशमा अब देश पृथ्वीपथमा जानुपर्ने प्रस्ताव गरेका थिए ।

माओवादी नेता वर्षामान पुनलाई नि पत्रकारले सोधे, ‘अब नेपाल सुहाउँदो पथ चाहियो भनिरहेका छन्, तपाईँ के भन्नुहुन्छ ?’

पुनले जवाफ दिँदै भने , ‘नेपाल सुहाउँदो पथ छ त-संविधान पथ, लोकतान्त्रिक गणतन्त्र पथ, संघीयता र धर्मनिरपेक्षता पथ । यसैमा छौँ हामी । अहिलेको सन्दर्भमा यो उपयुक्त छ । यही सबैको साझा पथ हो । यसमा प्रतिबद्ध रहँदै समाजवादी पथमा जान चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस