काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका-१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।
मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ ।
राना बिहान जलेको अवस्थामा फेला परेका थिए भने मोटरसाइकल नजिकै जलिरहेको थियो ।
नेपाल प्रहरीको धनगढीमा रहेको कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लगिएको छ ।