१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई ५३२ घार मौरी वितरण

अ+ अ-

सर्लाही । व्यावसायिक मौरी पालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरी पालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो ।

नेपाल मौरी पालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरी पालक किसानको व्यावसायिक विकासका लागि ग्रामीण उद्यम तथा विकास आयोजना बर्दिबासको रिड परियोजनाले अनुदानमा विभिन्न सामग्री उपलब्ध गराएको हो ।

प्राप्त सामग्री औपचारिक कार्यक्रमकाबीच किसानलाई वितरण गरिएको महासंघका अध्यक्ष डम्बरदेव पाण्डेले बताए । उनका अनुसार जिल्लाको चुरे क्षेत्रअन्तर्गत लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका गरी २८ जना किसानलाई परियोजनाले समेटेको छ ।

छयालिस प्रतिशत अनुदानमा प्रतिकिसान १९ घार, १९ स्टैण्ड, १९ फिल्टर, एउटा टोपी, १९ किलो आधार चाका र एक जोडी पञ्जा वितरण गरिएको पाण्डेले जानकारी दिए । किसान हेमराज देवकोटाले २८ किसानका लागि सामूहिक आधार चाका निर्माणका लागि एक थान मेसिनसमेत प्राप्त भएको मौरी पालक बताए ।

किसानको वृत्ति विकासका लागि परियोजनाले पहिलो चरणमा पाँच सय ३२ वटा मौरीको घार वितरण गरेको अध्यक्ष पाण्डेले बताए । उक्त सामग्री हरिवन नगरपालिकाकी प्रमुख हरिमाया घलानले किसानलाई वितरण गरेका हुन् । यस कार्यक्रमले किसानको दिगो विकासमा टेवा पुर्‍याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस