काठमाडौँ । एमाले नेता महेश बस्नेतले शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुलाई उनकै कमजोरीको रूपमा चित्रण गरेका छन् ।
राजीनामा लगत्तै फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
आन्दोलन नटुंगिनु, शिक्षक महासंघसँग वार्ता गर्न नसक्नु र त्यसको असर स्वरूप मन्त्रीको राजीनामा आउनु उनकै कमजोरीको संकेत भएको बस्नेतको भनाइ छ ।
मन्त्री भएको बेलादेखि नै भट्टराईको कार्यसम्पादनमा कमजोरी रहेको दाबी पनि उनले गरेका छन् ।
बस्नेत लेख्छन्, ‘मन्त्री भएको बेला देखिनै उनको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो व्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’