२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालिकामा ‘होम डेलिभरी’ शून्य

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको संख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै सुत्केरीपछि महिलामा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको हो ।

जोखिमयुक्त प्रसूतिका कारण हुने सक्ने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले बताए ।

“चालु आर्थिक वर्ष २०८१/८२ सुहरू भएयता मालिका गाउँपालिकामा सुत्केरी भएका सबै ८० जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन्,” उनले भने, “चालु आर्थिक वर्षको बाँकी तीन महिना र आगामी आर्थिक वर्षमा पनि होम डेलिभरी शून्य बनाउन सचेतनामूलक कार्यक्रममा जोड दिएका छौँ।”

आर्थिक वर्ष २०७९/८० मा मालिका गाउँपालिकाभित्र एक सय ९५ जना सुत्केरी हुँदा १८ जना महिला घरमै सुत्केरी भएका थिए । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा एक सय ३३ जना सुत्केरी हुँदा नौ जनाले घरमै बच्चा जन्माएका थिए ।

मालिकाको निस्कोट, रूम, देवीस्थान, बिम स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । निस्कोटमा एक, रूममा २२, देविस्थानमा १६ र दरवाङ आधारभूत अस्पतालबाट ३८ जनाले प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।

आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्य चौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बताइन् ।

“गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्,” उनले भनिन्, “सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ ।”

प्रतिक्रिया दिनुहोस