काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्तोष राजावादीविरुद्ध चार दिनको म्याद थपि भएको छ ।
सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले म्याद दिएको हो ।
हिरासतमा रहेका अन्य व्यक्तिसँगै म्याद मिलानका लागि चार दिनको म्याद थप माग गरिएकोमा सोही अनुसार थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ५ वैशाखको कोटेश्वरको महादेवस्थानबाट उनलाई पक्राउ गरेको थियो ।
तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएको प्रहरीको भनाइ छ ।