२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँखा शिविरबाट ६७४ जना लाभान्वित

अ+ अ-

जनकपुरधाम । बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केवरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् । शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । 

त्यस अवसरमा बिरामीहरूको नि:शुल्क रूपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेशन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए ।

शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरूको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जल विन्दु विशेषज्ञ डा. दीक्षा मल्लले जानकारी दिए। उनका अनुसार महोत्तरीको गौशाला, औरही, भंगहा बर्दिबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

गत माघ  ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा. दीक्षा मल्ल, कोर्निया विशेषज्ञ डा. लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा. साकेत पराजुली तथा डा. उमेश साहले सेवा दिएका थिए । 

प्रतिक्रिया दिनुहोस