काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन् ।
आर्थिक भार थप्ने गरी पद सिर्जना नगर्न उनको आग्रह छ । ‘अतिरिक्त सचिव नभएर के असर पर्यो ?’ मुख्यसचिव अर्यालको प्रश्न छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले अतिरिक्त सचिव पद सिर्जना गरेर मुलुकलाई आर्थिक भार मात्रै थपिने बताएका छन् ।
‘अतिरिक्त सचिव अभ्यासमा फेल भएको अभ्यास हो,’ अर्यालले भने, ‘अतिरिक्त सचिव नभएकैले सेवा प्रवाहमा असर परेको हो ? वा के भएको हो ?’
आर्थिक रूपमा नेपाल लिमिटेड सोर्समा रहेको भन्दै उनले थपे, ‘पद सिर्जना गर्दै गर्दा ख्याल गरौँ-भोलि स्टेट फेल हुने अवस्था आयो भने के हुन्छ ?’