२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. शेखर कोइरालाले भने-‘काँग्रेस सुकिला-मुकिला र पैसावालको कब्जामा जाने खतरा देख्दैछु’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एक पटक फेरि नेपाली काँग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताविना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको बताए ।

उनले भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौँ, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाइमा क्याम्पेन फर क्लिन पोलिटिक्सको अभियान नचलाई बस्ने हो भने बीपी कोइरालाले भन्नु भए झैँ काँग्रेस पार्टी सुकिला मुकिला र पैसावालको कब्जामा जाने खतरा छ । र, म त्यो देख्दैछु ।’

नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहेको उल्लेख गरेका छन् ।

कोइरालाले भनेका छन्, ‘कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिँदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन । नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन काँग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ । यो वर्ष विधानतः काँग्रेस महाधिवेशनको वर्ष हो ।’

कुनै कारण देखाएर काँग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भन्दै यसतर्फ सचेत रहेका पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनतामाझ काँग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्द्धक हो भनी चिनिने भन्दै वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा काँग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस