१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘काँग्रेस नेतृत्वको सरकार बने माओवादीले समर्थन गर्छ’

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका छन् । 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक कार्यक्रममा बोल्दै उनले काँग्रेसले यो सरकारको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

माओवादीले काँग्रेसले भनेअनुसार सरकारमा गएर वा बाहिर बसेर समर्थन गर्न तयार रहेको भन्दै यसमा आफ्नो स्पष्ट कुरा भएको बताए ।

‘अबको कोर्ष भनेको नेपाली काँग्रेस र शान्ति सम्झौताका सहयात्रीहरू एक ठाउँमा आएर सहमति खोज्नु नै सबभन्दा राम्रो विकल्प हो । तत्कालको कुरा नेपाली काँग्रेसले विकल्प दिनुपर्छ । देशको संकटको स्थिति जस्तो देखा परेको छ । यसको निकास दिन सबभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली काँग्रेसले निकास दिन आँट गर्नुपर्छ भन्ने मेरो छ, ‘त्यो नेपाली काँग्रेसको जस्तो चाहना हुन्छ, त्यही अनुसार गर्छ । यो कुरा एकदम क्लियर हो । नेपाली काँग्रेसले बाहिरबाट सर्पोट गर्देउ भने पनि हामी तयार । सरकारमा आएर सपोर्ट गर भनेर काँग्रेसले भन्यो भने पनि उहाहरुको भनाइअनुसार हुन्छ ।’

उनले आफू प्रधानमन्त्रीको दौडमा नभएको भने बताए । ‘मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन । एकदम प्रस्ट हो,’ उनले थपे ।

उनले वर्तमान राजनीतिक कोर्स परिवर्तन गर्ने सपना नभई बिपना भएको जनाए । ‘यो सपना होइन, बिपना हो,’ दाहालले भने, ‘राजनीतिक कोर्स परिवर्तन हुन सक्छ । सरकारको नेतृत्व ठूलो पार्टी र शान्ति सम्झौता हस्ताक्षर हुनुको नाताले भनेको हो । मेरो देउवा (शेरबहादुर) सँग विश्वास छ । देउवाले केपी ओलीजीजस्तो जालझेल गर्नुहुन्न ।’

उनले सरकार परिवर्तनको समय तोक्न नचाहने तर कुनै पनि बेला सरकार परिवर्तन हुने दाबीसहित ओली सरकार एक वर्ष नजाने बताए । ‘मलाई त्यस्तो लाग्दैन,’ उनले ओली सरकार एक वर्ष पनि जाँदैन त ? भन्ने प्रश्नमा दाहालको भनाइ थियो ।

उनले ओली सरकार सहज रूपमा अघि जान नसक्ने दाबीसमेत गरे । ‘यो सरकारको जग कमजोर भइनै सक्यो,’ उनले भने, ‘गम्भीर समीक्षा गरौँ । राष्ट्र र जनताको पक्षमा संविधान संशोधनको आधार खोजौँ ।’

उनले अर्को गठबन्धन बन्यो भने संविधान संशोधन गर्ने समीकरण बन्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस