१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको सभालाई यी नेताले गर्दैछन् सम्बोधन

अ+ अ-

काठमाडौँ। संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँको बल्खुमा आयोजना गरेको सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम सञ्चालन भने महामन्त्री राजेन्द्र गुरुङले गर्नेछन् ।

कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको जुलुस बल्खु पुग्ने क्रम जारी छ । जुलुसमा सहभागीहरूले पृथ्वीनारायण शाहको फोटो, नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा बोकेका छन् ।

राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । त्यसैले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरूलाई काठमाडौंमा भेला गरेर सभा गरिँदै छ ।

राप्रपाले आजको सभा भव्य, सभ्य र अनुशासित हुने जनाएको छ । राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौँको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको छ । यद्यपि सभालाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी पनि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस